Friday, November 10, 2023

साहित्य, कला र सङ्गीतकर्मीहरूद्वारा शुभकामना आदानप्रदान



काठमाडौँ । २०८० कात्तिक २३ गते साहित्य कला र सङ्गीतकर्मीहरू  बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा पद्मकन्या क्याम्पस काठमाडौँमा बडा दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका नेपाली चाडहरूको अवसर पारेर बिहीबार आयोजित उक्त कार्यक्रममा ठुलो सङ्ख्यामा साहित्यकार, कलाकार एवं सङ्गीतकर्मीहरूको उपस्थिति रहेको  प्रतिष्ठानले जनाएको छ ।  साहित्य, कला एवम् सङ्गीत क्षेत्रका स्रष्टा, संस्था र प्रकाशनहरूका प्रतिनिधिहरू उपस्थित कार्यक्रममा अधिकांश सहभागीहरूले वर्तमान समयमा कस्तो सृजनाको आवश्यकता  छ भन्ने विषयमा गम्भीर विचारहरू प्रस्तुत गरेका थिए । 

प्रतिष्ठानका महासचिव प्राज्ञ नन्दु उप्रेतीले सहभागीहरूलाई  स्वागत गर्दै कवि युद्धप्रसाद मिश्र र मिश्र प्रतिष्ठानका बारेमा स्पष्ट पार्नुका साथै कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए । प्रतिष्ठानका अध्यक्ष डाक्टर फणीन्द्रराज निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष जन्यता पोखरेल र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष प्रा।डा। लेखप्रसाद निरौलाले गरेका थिए ।

स्रष्टाहरूद्वारा अत्यन्तै महत्त्वपूर्ण ठानिएको उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के.के.कर्मचार्य, सङ्गीत नाट्य प्रतिष्ठानका पूर्व सदस्य सचिव श्याम तमोट, जन सांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी भाषा आयोगका सदस्य एवम् पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेल, भाषा आयोगका सदस्य एवम् साहित्यकार गोपाल अस्क, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्राध्यापक शैलेन्दुप्रकाश नेपाल, सार्थक सङ्गीत प्रतिष्ठानका उदय श्रेष्ठ, दायित्व वाङ्मय प्रतिष्ठानका रामप्रसाद पन्त, अभिव्यक्तिका सम्पादक देविका तिमल्सिना, वनिताकी सम्पादक लक्ष्मी उप्रेती,  सिस्नुपानी नेपालका चक्र दवाडी, रोज घिमिरे, नियात्राकार  जय छाङ्छा राई, सिद्धिश्वर स्मृति प्रतिष्ठानकी संरक्षक एवम् अक्षलोककी सम्पादक सावित्री श्रेष्ठ, प्रगतिशील लेखक सङ्घकी पूर्व उपाध्यक्ष सुशीला प्रधानाङ्ग कलिङ फेस्टिवलकी रञ्जना निरौला, वरिष्ठ अनुसन्धानकर्ता एवं चिन्तक गोपिरमण उपाध्याय, इच्छुक प्रतिष्ठानका मित्रलाल पंज्ञानी, हिमान्द्रीका पुण्य घिमिरे, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, कवि जेठा वैरागी, डा। अनन्त अधिकारी, डा। राजेन्द्रप्रसाद अधिकारी, चण्डिका मिश्र, वाग्मती प्रदेशका पूर्व सांसद शशिजङ्ग थापा,  साहित्यकार विक्रम भक्त जोशी, लालबहादुर भुजेल, सीता शरमा, भानुप्रकाश जोशी, नव प्रज्ञापनका सम्पादक नवराज रिजाल साथै लघुकथा समाज,  नियात्रा समाजका सदस्यहरू र प्रगतिशील लेखक सङ्घका सदस्यहरू, युद्धप्रसाद मिश्रका परिवारजनका सदस्यहरू, मिश्र प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरू, अन्य लेखक कलाकार एवं गीतकार र सङ्गीतकारहरूको बाक्लो उपस्थित रहेको थियो । कवि युद्धप्रसाद मिश्रद्वारा रचित वरिष्ठ सङ्गीतकार एवम् गायक रामेशको स्वर रहेको गीत पनि प्रस्तुत गरिएको उक्त कार्यक्रममा आगामी दिनमा पनि यस्ता स्रष्टा, साहित्यिक संस्था र प्रकाशकहरूले गौरव गर्न लायक कार्यक्रमहरूको आयोजना भइरहनुपर्ने विचार व्यक्त भएको थियो ।

000

लोकसंवादबाट साभार 

Friday, April 19, 2019

युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानको दसौं साधारण सभा सम्पन्न ।

युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानको साधारण सभा उपसभामुख माननीय शिवमाया तुम्बाहाम्फेज्यूको प्रमुख आतिथ्यमा २०७६ वैशाख ६ मा वाल्मीकि क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ । कार्यकारिणी समितिमा अध्यक्ष अनिल पौडेल, उपाध्यक्ष द्वय डा. फणीन्द्र राज निरौला र मातृका पोखरेल, महासचिव डा.लेख प्रसाद निरौला, सचिव कमल मिश्र, कोषाध्यक्ष जयन्ता पोखरेल, सदस्यहरु दुर्गामोहन श्रेष्ठ, डम्बर पहाडी, प्रतिरोध कार्की, मदन थापा र नन्दु उप्रेती सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । 














लेखप्रसाद निरौलाको फेसबुक वालबाट
जीवेन्द्रदेव गिरीको फेसबुक वालबाट